नियम १२
जिल्ला समितिले वार्षिक कार्यक्रम पेश गर्नु पर्ने

१२. जिल्ला समितिले वार्षिक कार्यक्रम पेश गर्नु पर्नेः

(१) नियम ११ को अधीनमा रही जिल्ला समितिले आफ्नो जिल्लामा योगदान गर्न सकिने क्षेत्रको लागि वार्षिक कार्यक्रम बनाई केन्द्रीय समिति समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जिल्ला समितिले पेश गरेको वार्षिक कार्यक्रमलाई केन्द्रीय समितिले कोषको अवस्था र योगदान क्षेत्रको प्राथमिकताको आधारमा स्वीकृत गर्न सक्नेछ ।

(३) केन्द्रीय समितिले उपनियम (२) बमोजिमको स्वीकृत कार्यक्रम र सो कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम सम्बन्धित जिल्ला समितिलाई उपलब्ध गराउनेछ । स्वीकृत कार्यक्रमको अधीनमा रही जिल्ला समितिले कार्यक्रम सञ्चालन गर्नेछ ।

(४) केन्द्रीय समितिबाट स्वीकृत कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त रकम जिल्ला समितिको अध्यक्ष र सदस्य– सचिवको संयुक्त दस्तखतबाट संयुक्त रुपमा खाता सञ्चालन हुने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजत प्राप्त “क” वर्गको बैंकमा एक चल्ती खाता खोली जम्मा गर्नु पर्नेछ ।

(५) जिल्ला समितिले उपनियम (४) बमोजिमको खाताबाट स्वीकृत कार्यक्रमको लागि खर्च गर्नु पर्नेछ ।

(६) यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रीय समिति आफैले कर्मचारी योगदान कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन ।